विराटनगर, १६ असोज (युवराज शाह) ।https://youtube.com/shorts/hh-9Lvf7G90?si=idNBl2N_RKZVOFPv
नेपाल स्क्वास ऱ्याकेट संघको पहिलो ऐतिहासिक मोरङ जिल्ला अधिवेशन विराटनगरमा भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले जिल्लामा स्क्वास खेलको प्रवर्द्धन र खेलाडी उत्पादनलाई तीव्रता दिने उद्देश्यका साथ ललित कुमार पण्डितको अध्यक्षतामा नयाँ तदर्थ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।नयाँ कार्यसमितिको मुख्य जिम्मेवारीहरूमा निम्न पदाधिकारीहरू चयन भएका छन्:अध्यक्ष: ललित कुमार पण्डितउपाध्यक्ष: सुजित कुमार साहसचिव: विजय कुमार साहकोषाध्यक्ष: सरस्वती पोझाउपसचिव: शालिग्राम मण्डलयसैगरी कार्यसमितिको सदस्यहरूमा विश्वाजीत मण्डल, किशन पुरी, अनुखा देवी पासवान र पशुपती पासवान सर्वसम्मत रूपमा चुनिएका छन्।नवगठित तदर्थ समितिका पदाधिकारी तथा सदस्यहरूले मोरङ जिल्लाभर स्क्वास खेलप्रति युवा पुस्ताको आकर्षण बढाउन विशेष योजना ल्याउने बताएका छन्। स्थानीय स्तरमा आवश्यक पूर्वाधार निर्माण र प्रतियोगिताहरू आयोजना गर्दै राष्ट्रिय स्तरका दक्ष खेलाडी उत्पादन गर्न आफूहरू सक्रिय रहने नयाँ टिमले प्रतिबद्धता जनाएको छ।उक्त ऐतिहासिक अधिवेशनमा स्थानीय खेलकुद पदाधिकारी, विभिन्न क्लबका प्रतिनिधि तथा खेलप्रेमीहरूको उल्लेख्य सहभागिता रहेको थियो।🌐 थप समाचार र ताजा अपडेटका लागि हेर्दै गर्नुहोला: taraitimes.com